युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?



किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा मारिएका मानिसहरूका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको बताएका छन् ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले यस्तो बताएका हुन् । उनले यसो भनिरहँदा एल साल्भाडोरका राष्ट्रपति पनि त्यहाँ थिए ।

‘जब युद्ध सुरु गर्नुहुन्छ, तपाईंलाई थाहा हुनुपर्छ कि आफूले युद्ध जित्न सक्छु भनेर,’ ट्रम्पले भने । यस युद्धको लागि ट्रम्पले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि दोष दिए ।

यसअघि आइतबार रुसले युक्रेनको उत्तरपूर्वी सहर सुमीमा घातक आक्रमण गरेको थियो । यस आक्रमणमा परेर धेरै मानिसहरू मारिएका थिए । यस आक्रमणप्रति व्यापक आक्रोश देखिएको थियो । ट्रम्पको यो बयान सोही आक्रमणपछि आएको हो ।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्