दिल्लीमा युवतीको गोली हानी हत्या



नयाँ दिल्ली । भारतको दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार राति एक युवतीको गोली हानी हत्या भएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

‘लगभग आधा घण्टा अघि हामीलाई फोन आयो । हामीलाई भनिएको थियो कि एक जना युवतीलाई गोली लागेको छ । यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो,’ दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन् ।

शव हेर्दा युवती करिब २० की अनुमान गरिएको बताउँदै उनले शव पहिचान हुन बाँकी रहेको जानकारी दिइन् ।

मृतकको शरीरमा दुई वटा गोलीका निशान छन् । पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्