चीनले रुसलाई हतियार दिएको जेलेन्स्कीको आरोप



एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनले रुसलाई हतियार दिइरहेको आरोप लगाएका छन् ।

युक्रेनको राजधानी कीभमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।

जेलेन्स्कीले बताएअनुसार चीनले बारुद र तोपखाना आपूर्ति गराइरहेको छ । जेलेन्स्कीले चिनियाँ कम्पनीहरू रुसमै बसेर काम गरिरहेको आरोप पनि लगाएका छन् ।

चीनले औपचारिक रूपमा रुस–युक्रेन युद्धप्रति आफू तटस्थ रहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्