अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई



वासिङटन डीसी । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेकी छिन् । आफ्नो अमेरिका भ्रमणको क्रममा उनले ट्रम्पलाई भेटेकी हुन् । यस क्रममा मेलोनी र ट्रम्पले अमेरिका र युरोप बीचको सम्भावित व्यापार सम्झौताको बारेमा कुरा गरेका छन् ।

‘व्यापार सम्झौता हुने कुरा १०० प्रतिशत निश्चित छ, तर यो निष्पक्ष सम्झौता हुनेछ’ ट्रम्पले भने । ‘उनी विश्वस्त छन् कि हामी सम्झौतासम्म पुग्नेछौं ।’ मेलोनीले भनिन् । अतिरिक्त भन्सार महसुलको घोषणा अप्रिल २ मा चीन, भारत समेत आफ्नो दर्जनौं व्यापार साझेदारबाट अमेरिका भित्रिने सामानमा भन्सारमा पारस्परिक महसुल लगाउने घोषणा गरेका थिए ।

ट्रम्पले पारस्परिक महसुसललाई समान रूपमा १० प्रतिशतमा घटाएर चीन बाहेक सबै देशलाई महसुलमा ९० दिनको अस्थायी छुट दिएका थिए । ट्रम्पले युरोपेली संघबाट आयात हुने सामानहरूमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएको अनि ९० दिनको लागि यो महसुल निलम्बन गरेपछि मेलोनी अमेरिका भ्रमण गर्ने पहिलो युरोपेली नेता हुन् ।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्