सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु
काठमाडौं १७ वैशाख । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास गरेको छ ।
२०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्धारा बन्न लागेको हो ।
कुल १७५ जना विद्यार्र्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष वीर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, सोहि गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष टेकबहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टलगायत अन्य शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार
















