दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा



सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएको घोषणा गरेका हुन् । अर्को महिना हुने राष्ट्रपति चुनावमा हानले भाग लिने खबरहरू आइरहेका बेला उनले यो कदम चालेका हुन् ।

देशका लागि ठुलो जिम्मेवारी लिन पद त्याग्ने निर्णय गरेको हानले टेलिभिजनमा प्रसारित ब्रिफिङमा भने । दक्षिण कोरियाली मिडियाका अनुसार हानले शुक्रबार राष्ट्रपति चुनावका लागि आफ्नो अभियानको औपचारिक सुरुवात गर्नेछन् ।

हानलाई तत्कालीन राष्ट्रपति युन सुक–योलले प्रधानमन्त्री नियुक्त गरेका थिए । यो दक्षिण कोरियाको दोस्रो सबैभन्दा महत्त्वपूर्ण पद हो । तर, मार्सल ल लगाउने षड्यन्त्र गरेको आरोपमा येओललाई पदबाट हटाइयो । त्यसैले राष्ट्रपतिका चुनाव हुन लागेको हो ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्