सप्तरी घटना : थप एकको मृत्यु, मृतकको सङ्ख्या पाँच पुग्यो



राजविराज (सप्तरी), फागुन २७

नेकपा (एमाले)को मेची – महाकाली अभियानअन्तर्गत सोमवार सप्तरीमा प्रहरीको गोली लागेर गम्भीर घाइतेमध्येका थप एक जनाको आज मृत्यु भएको छ ।

योसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार सप्तरीको जमुनी मधेपुरा गाविस– १ का ५० वर्षीय इनरदेव यादवको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज मृत्यु भएकोे हो । उनको पेटमा गोली लागेको थियो ।

यसअघि प्रहरीको गोलीबाट मलेठ गाविस – २ का २५ वर्षीय सञ्जन मेहता, मलेठ– ४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङरीका ३५ वर्षीय सिनियर अहेब आनन्दकुमार साह र मलेठ– ४ का वीरेन्द्र महतोको मृत्यु भएको थियो ।

एमालेको मेची – महाकाली अभियानलाई विरोध गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सो घटना भएको थियो । सो झडपमा परी दुईदर्जन घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News