भारत र पाकिस्तानलाई राष्ट्रसंघको अपिल – अधिकतम संयमता अपनाउनू
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् ।
भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको भन्दै उनले संयमता अपनाउन अपिल गरेका हुन् । भारत र पाकिस्तानको आपसीसम्बन्ध खतरनाक विन्दुमा पुगेको उनले बताए ।
दुई देशबीचको तनाव कम गर्नका लागि सैन्य कारबाही समाधान नभएको पनि उनको भनाइ छ ।
राष्ट्रसङ्घले पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको फेरि पनि निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेको छ ।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार
















