भारतका पाँचवटा ‘फाइटर जेट’ खसालेको पाकिस्तानको दाबी



काठमाडौं । पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् ।
पाकिस्तानी सेनाले भने पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको छ ।

भारतीय सेना अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ ।

दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्को फाइटर जेट पञ्जाबमा खसेको छ । उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन ।

भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय फाइटर जेट खसेको पुष्टि गरिसकेका छैनन् । बरु पाकिस्तानी जेएफ–१७ फाइटर जेट खसेको हुन सक्ने उनीहरूको तर्क छ ।

तर पाकिस्तान र पीओकेका चरमपन्थी शिविरमा आतङ्ककारी शिविरहरूमा भारतको एयर स्ट्राइकपछि जम्मु–कश्मीरमा तीन र पञ्जाबमा एउटा फाइटर जेट खसेको छन् ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्