भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी – कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले भारतको ‘कायरतापूर्ण आक्रमण’ भन्दै जवाफ दिने चेतावनी दिएका छन् ।
भारतले मंगलबार राति कम्तिमा ९ स्थानलाई लक्षित गर्दै ‘अपरेशन सिन्दूर’ नाम दिएर पाकिस्थानमाथि हवाई हमला गरेको थियो । सोही हमलाको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सरिफले चेतावनी दिएका हुन् ।
‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।
भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन् । भारतको हवाई हमलामा परेर कम्तिमा ३० जना मारिएको प्रारम्भिक विवरण आएका छन् । कयौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार
















