हालसम्म ७७ भारतीय ड्रोन खसालेको पाकिस्तानको दाबी
एजेन्सी । पाकिस्तानले अहिलेसम्म ७७ भारतीय ड्रोन खसालेको दाबी गरेको छ । हिजो रातिदेखि मात्रै ४८ भारतीय ड्रोनहरू नष्ट गरिएको पिटिभीले जनाएको छ ।
मे ८ को साँझसम्म, पाकिस्तानले २९ भारतीय ड्रोन खसालेको पिटिभीले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ।
पाकिस्तानले भारतीय आक्रमणको उपयुक्त जवाफ दिइरहेको पनि जनाएको छ ।
गत २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणलाई लिएर दुई देशबिच तनाव जारी छ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार
















