अब युद्ध नगर्न पोप लियोको अपिल



काठमाडौं । क्याथोलिक ईसाई धर्मगुरुमा निर्वाचित भएपछि पोप लियोले आइतबार पहिलो पटक सम्बोधन गरेका छन्।

आफ्नो पहिलो सम्बोधनमा उनले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपिल गरेका हुन्।

विश्वमा जारी द्वन्द्वको बारेमा बोल्दै पोप लियोले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा कुरा गरे।

उनले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गरे।

उनले गाजामा भइरहेका घटनाबाट आफूलाई गहिरो दुःख लागेको बताए।

पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गरे। उनले युक्रेनको लागि वास्तविक र दिगो शान्तिको कामना गरे।

पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित भएका हुन्।

आफ्नो भाषणमा उनले पोप फ्रान्सिस जस्तै शान्तिको लागि अपिल गरे। उनले भने, ‘विश्वका सबै शक्तिशाली व्यक्तिहरू सुन्नुहोस्, अब युद्ध होइन।’

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष भइसक्दा पनि तेस्रो विश्वयुद्धको त्रासदीको सामना गरिरहेको बताए।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्