ट्रम्पलाई कतारले ४० करोड डलरको विमान उपहार दिने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारले ४० करोड डलरको विमान उपहार दिने भएको छ ।

ट्रम्प मे १४ मा कतार पुग्ने कार्यक्रम छ। उनलाई कतार सरकारले विलासी बोइङ ७४७-८ जम्बो जेट उपहार दिने जनाइएको छ।

यो विमानको मूल्य ४० करोड डलर छ। ट्रम्पको कतार भ्रमणको क्रममा यसको आधिकारिक घोषणा हुन सक्छ।

यो उपहार कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गरेको सबैभन्दा महँगो विदेशी उपहार हुनेछ। यद्यपि घोषणा पछि पनि ट्रम्पले यो उपहार अहिले नै पाउने छैनन्।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार सुरक्षा क्लियरेन्स प्राप्त हुन केही समय लाग्न सक्छ। ट्रम्पले २०२९ मा आफ्नो राष्ट्रपतिको कार्यकाल पूरा हुनुभन्दा केही समय अघि यो विमान प्रयोग गर्न सक्नेछन्।

बोइङ ७४७८ जम्बो जेटलाई, फ्लाइङ प्यालेसु पनि भनिन्छ। यो विलासिता र उन्नत प्रविधिको लागि प्रसिद्ध छ। यो बोइङ ७४७ शृङ्खलाको पछिल्लो र सबैभन्दा ठूलो संस्करण हो।

बोइङ ७४७–८ लाई भिआइपी कनफरेसनको समयमा ४०–१०० यात्रुहरूका लागि लक्जरी सुइटहरूमा रूपान्तरण गर्न सकिन्छ। यसमा मास्टर बेडरूम, सम्मेलन कोठा, भोजन क्षेत्र, लाउन्ज र बाथरूम जस्ता सुविधाहरू छन्।

यो विमानमा चारवटा टर्बोफ्यान इन्जिनहरू छन्। यसका साथै आधुनिक गिलास ककपिट र नेभिगेसन प्रणाली पनि छ। क्षेप्यास्त्रहरूबाट जोगाउन प्रतिरोधात्मक उपायको रूपमा इन्फ्रारेड ज्यामर जस्ता सुविधाहरू छन्।

लाउन्ज र डाइनिङ एरियामा ठूला डाइनिङ टेबल, हाई(टेक स्क्रिन, भिडियो कन्फरेन्सिङ, ब्लु(रे प्लेयर र उच्च गुणस्तरको अडियो सिस्टमहरू छन्।

यो विमान ०.९२ म्याक (लगभग १.१०० किमी,घण्टा) को पूर्ण गतिमा उड्न सक्छ। यसका साथै यो ५१ हजार फिटको उचाइमा उड्छ।

यो संसारको सबैभन्दा ठूलो व्यावसायिक विमान हो।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्