स्वास्थ्य चौकी इन्चार्ज नै लागुऔषधि कारोबारमा संलग्न
काठमाडौं । प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ ।
कचनकवल गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता भंग गर्दै जागिरबाट हटाएको हो।
हेल्थ असिस्टेन्ट राजवंशीले बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित विक्रम विकास मेडिकलसँग जोडिएर प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएपछि उनलाई जागिरबाट हटाएको गाउँपालिकाले जनाएको छ ।
राजवंशीले २०७९ सालदेखि मेडिकल सञ्चालन गर्दै आएका थिए ।
त्यसपछि विभागले कचनकवल गाउँपालिका स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरेका थिए।
प्रतिबन्धित औषधिको कारोबारमा संलग्न देखिएकाले उनको सेवा करार सम्झौता भंग गरेको गाउँपालिकाले जनाएको छ।
विक्रम विकास मेडिकलबाट प्रहरी निरीक्षक विजय चौहानको टोलीले प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधीहरू एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३ ९८० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार
















