मेक्सिकन नौसेनाको जहाज पुलमा ठोक्कियो, फिनल्यान्डमा दुई हेलिकप्टर जुधे



काठमाडौं । एक विशेष समारोहका लागि उडेको मेक्सिकन नौसेनाको जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ ।

दुर्घटनाको एक भिडियोमा शनिबार साँझ सो जहाज पुल मुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बां ठोक्किएको देखिन्छ ।

त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यसबाट केही घाइते भएको बताइन्छ ।

न्यूयोर्क शहरको आकस्मिक सेवा तत्कालै सक्रिय भएको थियो । यसबारे थप विवरण आउन बाँकी छ ।

मेक्सिकन नौसेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै यस घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ ।

यसैबीच, युरोपेली देश फिनल्यान्डमा दुई हेलिकप्टर आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ ।

पश्चिम फिनल्यान्डमा उडानको क्रममा दुई निजी (नागरिक) हेलिकप्टर एक आपसमा ठोक्किएका हुन् । ठोक्किएर खसेका हेलिकप्टर १०० मिटर दूरीमा भेटिएको पाइएको छ ।

एक हेलिकप्टरमा तीन जना र अर्कोमा दुई जना सवार रहेको फिनल्यान्डका अधिकारीलाई उद्धृत गर्दै जर्मनीको अन्तर्राष्ट्रिय समाचार संस्था डीडब्ल्यूले उल्लेख गरेको छ ।

शनिबार भएको उक्त दुर्घटनामा परेका सबै सवारहरू व्यापारी रहेको र उनीहरू छिमेकी देश इस्टोनियाबाट आएको बताइएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्