शेख हसिनाको बायोपिक अभिनेत्री नुसरत पक्राउ



एजेन्सी । बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारियालाई पक्राउ गरिएको छ ।

उनलाई थाइल्यान्ड जाँदै गर्दा आइतबार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

फरियालाई गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप लगाइएको छ।

उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ। जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्