गाजामा सीमित मात्रामा खाद्यान्न पठाउन अनुमति



एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा सीमित मात्रामा खाद्यान्न पठाउन अनुमति दिएका छन् ।

इजरायलले मार्च २ देखि गाजामा खाद्य पदार्थ प्रवेशमा प्रतिबन्ध लगाएको थियो। इजरायलले आइतबार सैन्य अधिकारीहरूको सल्लाहमा यो निर्णय गरेको हो ।

तर, मन्त्रिपरिद्‌का धेरै मन्त्रीहरू यस निर्णयको विरुद्ध थिए । इजरायलले मार्च २ मा गाजामा नाकाबन्दी लगाएको थियो ।

पछिल्लो साढे दुई महिनामा गाजामा संयुक्त राष्ट्र संघ र अन्य एजेन्सीहरूको खाद्यान्न भण्डार पूर्ण रूपमा समाप्त भएको छ । खाद्यान्नको अभावका कारण गाजामा भोकमरीको जोखिम बढेको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्