प्रतिनिधिसभा बैठकको समय सारियो, अब २ बजे बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन् ।

सत्तापक्षले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताइरहेका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्