स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका



काठमाडौं । दक्षिण भारतीय नायक अल्लु अर्जुन र बलिउड नायिका दीपिका पादुकोण पहिलो पटक एक फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले निर्देशक एट्लीको फिल्ममा ‘एए२२एक्स६६’मा सहकार्य गर्ने भएका हुन् ।घोषणा भएदेखि नै भारतमा यो फिल्ममा चर्चा चलेको छ ।

अल्लु अर्जुन र दक्षिण भारतका चर्चित निर्देशक एट्ली कारण यो फिल्मले चर्चा पाएको हो । साथै, हिट फिल्म दिन सफल ठूलो ब्यानार सन पिक्चर्स यो फिल्म बनाउने भएकाले पनि चर्चा पाएको हो ।

सन पिक्चर्सको ब्यानरमा तेलगु सुपरस्टार रजनीकान्तले पनि सहर्काय गर्दै आएका छन् । यो ब्यानरले महँगो लगानीमा फिल्म बनाउँदै आएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्