पौवादुङमा गाउँपालिका उद्घाटन



असिम दुङमाली राई
पौवादुङमा, (भोजपुर) चैत्र २

जिल्लाको पूर्वी क्षेत्रको पौवादुङमा गाउँपालिकाको औपचारिक उद्घाटन भएको छ । बुधबार अपरान्ह पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा एक औपचारिक समारोहका बीच उपस्थित मध्येका ७५ वर्र्षीय वयोवृद्ध यमबहादुर खड्काद्वारा पौवादुङमा गाउँपालिका कार्यालयको नामपाटीमा भएको गाउँपालिकाको नाम र स्थापना मिति पढेर उद्घाटन गरिएको हो ।

हाल तत्कालका निम्ति च्याङ्ग्रे स्थित कृषि सेवा केन्द्रको पुरानो भवनमा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । त्यसैगरी ६ वटा साविकका गाविस कार्यालयहरुमा वडा कार्यालय कायम राखि कामकाज सञ्चालन गर्ने निर्णय भएको छ ।

गाउँपालिका उद्घाटन कार्यक्रममा दुङमा क्षेत्रका साविकका ६ वटा गाविसहरु क्रमशः श्यामशिला, तिवारी भञ्ज्याङ, च्याङग्रे, वास्तिम, सानोदुम्मा र ठूूलोदुम्माका स्थानीय वासिन्दाहरु, समाजसेवी, क्रियाशील राजनैतिक दलका प्रतिनीधिहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनीधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यसै बीच साविकको च्याङ्ग्रे गाविस कार्यालयमा समेत पौवादुङमा गाउँपालिका –३ नं. वडा कार्यालयको नामपाटी राखि वडा कार्यालयको उद्घाटन भएको छ । अन्य वडाहरुको पनि वडा कार्यालयका नाम पाटीहरु क्रमश भोलि सम्ममा राखिसकिने र कर्मचारीहरुको बैठक बसी साविककै सचिवहरुलाई वडा कार्यालयमा जिम्मेवारी दिइने जानकारी निमित्त कार्यकारी प्रमुख शालिग्राम कोइरालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News