सलमान खानलाई मस्तिष्कसम्बन्धी एन्यूरिज्म रोग
नयाँदिल्ली । बलीवूड अभिनेता सलमान खानले आफू ब्रेन एन्यूरिज्म नामक नसासम्बन्धी रोगबाट जुझिरहेको बताएका छन् ।
‘द ग्रेट इन्डिअन कपिल शो’ मा आफ्नो स्वास्थ्य अवस्थाबारे कुरा गर्दै उनले चलचित्र सिकन्दरको छायाङ्कनका क्रममा आफ्नो करङ्गमा चोट लागेको बताए ।
सो क्रममा उनले ब्रेन एन्यूरिज्म हुँदाहुँदै आफूले काम गरिरहेको बताए । उनले भने, “हिँड्न गाह्रो हुन्छ, तथापि मैले नृत्य गर्ने गरेको छु। मेरो जिन्दगीमा यही सब चलिरहेको छ ।’
नसा (रक्तनली) फुल्ने समस्यालाई एन्यूरिज्म भनिन्छ । नसा कमजोर हुने कारणले फुल्ने समस्या हुन्छ ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार
















