झापामा आँखा उपचार सम्बन्धी सम्मेलन हुँदै


 


झापा, चैत्र ३

झापाको बिर्तामोडमा आजदेखि आँखा रोग विशेषज्ञहरुको त्रिदिवसीय राष्ट्रिय सम्मेलन हुने भएको छ । मेची आँखा अस्पतालको आयोजनामा हुने सम्मेलनमा नेपालभरिका एक सय ८० र भारतका १० नेत्र रोग विशेषज्ञको सहभागिता रहने आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पुरुषोत्तम जोशीले जानकारी दिए  ।

सम्मेलनमा नेपाल र भारतका ख्यातिप्राप्त चिकित्सकको खोज तथा अनुसन्धान– आविष्कारमाथि छलफल हुनुका साथै बिभिन्न प्रमाणित तथ्यहरुका बारेमा कार्यपत्र प्रस्तु हुनेछ । आयोजक समितिका अध्यक्ष डा जोशीका अनुसार सम्मेलनमा एक सय पाँच विशेषज्ञले आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रममा १९ औँ नेपाल अफ्थाल्मिक सोसाइटी कन्फरेन्स र ११ औँ इस्टर्न रिजनल अफ्थाल्मिक कन्फरेन्स पनि हुने अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियरले जानकारी दिए । सम्मेलन बिर्तामोड घोषणापत्र जारी गर्दै सकिनेछ ।

प्रकाशित मिति: ३ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्