नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको सिइओमा भण्डारी नियुक्त



काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले सन्तोष कुमार भण्डारीलाई कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

यस अघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । भण्डारीसँग बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढीको कार्य अनुभव छ ।

नेपाल एसबिआई बैंकको पुर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी २० करोड रुपैया रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्