भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन
काठमाडौँ । भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ ।
भारतीय सञ्चार माध्यमहरूले उनको मृत्यु भएको खबर सार्वजनिक गरेका छन् । शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन्।
अचानक राति ११ बजेतिर उनले छाती दुख्ने गुनासो गरिन्। उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उपचार सुरु गर्नुअघि नै उनलाई मृत घोषित गरे । यद्यपि, अभिनेत्रीको मृत्युको बारेमा थप जानकारी र परिवारबाट आधिकारिक बयानको प्रतीक्षामा छन्।
काँटा लगा गर्ल भनेर चिनिने शेफाली ४२ वर्षकी थिइन्। उनले अक्षय कुमार र सलमान खानसँग फिल्म मुझसे शादी करोंगीमा काम गरेकी थिइन्।
प्रकाशित मिति: १४ असार २०८२, शनिबार
















