लगातार ६ दिनसम्म बढेको सेयर बजार आज उच्च अंकले घट्यो



काठमाडौं । लगाताार ६ दिनसम्म बढेको सेयर बजार आज घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २६८४.०१ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ५० करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडमा खुम्चियो ।

कुल ३९ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको घट्यो । फाइनान्स सबैभन्दा धेरै ३.७६ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.७९, विकास बैंक ०.८१, हाइड्रोपावर १.०२, लगानी ०.७६, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.६६, अन्य ०.१५ तथा व्यापार १.२५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.६१ प्रतिशत बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२८, भगवती हाइड्रोपावरको ४.०६, सिन्धु विकास बैंकको ३.७४, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशत बढ्यो ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ९.४९, नेपाल फाइनान्सको ५.३९, समृद्धि फाइनान्सको ४.५९ प्रतिशत घट्यो ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्