शेखर कोइरालाले बोलाए समूहको भेला
काठमाडौं, असार २६ । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन् ।
पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्।
उनी निकट एक नेताका अनुसार आफ्नो पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई बैठकमा बोलाइएको छ ।
यसअघि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










