माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, असार २६ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुनेछ ।
साथै बैठकमा सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










