बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
बाँके । बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको डुडुवा गाउँपालिका–३ हलबलडोली बस्ने ४० वर्षीय राधे खटिकको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।
नेपालगंज उपमहानगरपालिका–२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार










