मनास्लु पदमार्गमा लडेर एक युवकको मृत्यु



काठमाडौं । गोरखाको मनास्लु पदमार्गमा लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन्।

गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैँचामा काम गर्दै आएका थिए ।

स्याउ बगैचाबाट घर जान्छु भनी हिँडेका गुरुङ लार्केस्थित मनास्लु पदमार्गमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्