नवलपुरको त्रिवेणी व्यारेज पुलमा एक पुरुषको शव फेला
नवलपुर, असार २७ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल–भारत सीमानाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५–४० वर्षीय पुरुषको शव फेला परेको हो ।
शवको पहिचान भने हुन सकेको छैन । उनको हातमा विनोद लेखेको ट्याटु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले शव निकालेको हो ।
भोटेकोशीको बाढीमा परी वेपत्ता व्यक्तिको शव हुन सक्ने अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि पठाइएको छ ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार










