अन्ततः आज बस्दै छ काठमाडौं महानगरको कार्यपालिका बैठक
काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । कार्यपालिका बैठक आज (शुक्रबार) दिउँसो २ बजे बस्नेगरी बोलाइएको हो ।
मेयर बालेन, उपमेयर सुनिता, कार्यपालिका सदस्यहरु तथा प्रमुख प्रशासकीय अधिकृतबीच असन्तुष्टि बढ्दा महानगरको लामो समयदेखि कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन्द्र शाह (बालेन) लाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
आज बैठकअघि बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने बताइएको छ ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार










