चितवनमा एक बालकको शव भेटियो
चितवन । चितवनको रत्ननगरमा एक बालकको शव फेला परेको छ ।
नगरपालिका वडा नं. ७ स्थित पडेरिया पुलबाट दुई किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शुक्रबार बिहान करिब सवा पाँच बजे शव फेला परेको हो ।
उक्त शव बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
रत्ननगर नगरपालिका १५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए । उनी मामा घर गएको बेला पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार










