बिहारमा १३ वर्षीया नेपाली बालिका बलात्कृत
बिहार । भारतको बिहार राज्यस्थित सीतामढीमा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती बालिका शौचालयका लागि बाहिर गएको समयमा बलात्कृत भएकी हुन् ।
पीडित बालिकाको नेपालस्थित ठेगाना खुलाइएको छैन । बालिकाले साँझ परिवारका सदस्यलाई घटनाबारे बताएकी थिइन् । आरोपितहरूसँग घटनाबारे बुझ्न खोज्दा उल्टै मारपिट गरिएको पीडित परिवारको आरोप छ ।
घटनाबारे जानकारी पाएपछि राति प्रहरीले पीडित परिवारलाई प्रहरी थानामै लगेर उजुरी दिन लगाएको थियो । सोही आधारमा प्रहरीले सगीर अन्सारी, ओकार अन्सारी, जमिला खातुन, नौशाद अन्सारी र हिकला अन्सारी नाम गरेका स्थानीयविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।
यी आरोपित सबै फरार रहेको र उनीहरूको खोजतलास भइरहेको बताइएको छ ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार










