यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार २८ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा भने बिहानैदेखि घाम लागेको छ ।
आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।
मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार










