भारतले बाँध खोलेपछि महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता



काठमाडौं, असार २८ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले विभागले सूचना अजारी गर्दै नदीको तटीय क्षेत्रका बासिन्दालाई आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

परियोजनाको बाँध शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरि धौलीगंगा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्