‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा छुटे पूर्वराजाका संवाद सचिव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजाधिराज’ नलेख्ने शर्तमा पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकलाई रिहा गरिएको छ ।
संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोस्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहाराले उनलाई कागज गराएपछि शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको जानकारी दिए ।
संवाद सचिवालयबाट हरेक पटक प्रकाशित हुने सूचनामा उनले पूर्वराजालाई श्री ५ महाराजाधिराज नै सम्बोधन गर्ने गरेका थिए ।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार










