‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
कञ्चनपुर, असार २९ । कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–१ निगालीमा महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सोही ठाउँकी की २८ वर्षीया कमला दमाईको सर्पले टोकेर शनिबार मृत्यु भएको हो ।
सुदूरपश्चिमका केही ठाउँमा अझै पनि महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने गरिन्छ ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार










