सप्तरीमा एक युवकमाथि खुकुरी प्रहार



सप्तरी, असार २९ । सप्तरीको राजविराजमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

राजविराज नगरपालिका–८ स्थित पुलचौकमा सोही ठाउँका १८ वर्षीय सुमित कुमार मण्डलमाथि खुकुरी प्रहार भएको हो ।

आपसी वादविवादका क्रममा सोही ठाउँका २२ वर्षीय मुकेश मण्डलले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका सुमितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने मुकेश फरार भएको तथा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्