पूर्वनिर्वाचन आयुक्त शर्माको निधन



काठमाडौं, असार २९ । पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उनको शनिबार बेलुका नर्भिक अस्पतालमा निधन भएको हो ।

शर्माले २०६९ सालदेखि ०७५ सालसम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

उनको दाहसंस्कार आज गरिनेछ । उनी पूर्वपत्रकार समेत हुन्। उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् ।

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्