बबई नदीमा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
दाङ, असार ३१ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ ।
बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए ।
शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार










