दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रामपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहीमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिक छन् ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्