सेयर बजारमा उच्च अंकको वृद्धि
काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.८६ अंक अर्थात् १.३५ प्रतिशतले बढेर २७६२.५७ बिन्दुमा पुगेको छ ।
सोमबार भने नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ बिन्दुमा बन्द भएको थियो । यसअघिका तीन कारोबार दिन भने नेप्सेमा दोहोरो अंकको वृद्धि भएको थियो ।
मंगलबार नेप्सेमा कुल ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ९२ करोड र आइतबार ११ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार नेप्सेमा कुल २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको घटेको छ । आज नेप्सेमा सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ८.०८ प्रतिशतले बढेको छ ।
आज बैंकिङ समूहको सेयर मूल्य १.९२ प्रतिशत, विकास बैंक समूहमा १.५९ प्रतिशत, फाइनान्स समूहमा १.८२ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.१५ प्रतिशत र जलविद्युत् समूहमा १.६७ प्रतिशतको सुधार आएको छ ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार
















