१६ साउनलाई राष्ट्रिय कोदो दिवस मनाउने सरकारकाे निर्णय



काठमाडौैं । सरकारले हरेक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । २३ असारमा बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले कोदो दिवस मनाउने निर्णय गरेका बताए ।

१५ असारलाई जस्तै साउनको १५ लाई पनि कोदो दिवस मनाउन कृषि क्षेत्रका प्रतिनिधिहरूले आवाज उठाउँदै आएका थिए । केहि वर्षदेखि कोदो दिवस विभिन्न सङ्घ संस्थाहरूले मनाउँदै आएका छन् ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्