एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा



काठमाडौँ, साउन १ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे बस्ने सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्दैछ ।

महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्