कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा



कर्णाली, साउन १ । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघ–संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्