काभ्रेपलाञ्चोक–सिन्धुली सडक खण्ड दैनिक १२ घण्टा बन्द हुने



बनेपा, साउन १ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली सडक खण्ड आजदेखि रातिको समयमा १२ घण्टा बन्द हुने भएको छ ।

विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले सक्रिय मनसुनमा सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै यो खण्डमा एक महिनाका लागि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

यो खण्डमा यसअघि पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्