खोला किनारमा बेवारिसे अवस्थामा ३२३ किलो गाँजा फेला



मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले बिहीबार बिहान ३२३ किलो गाँजा बरामद गरेको हो । खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

१० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा फेला परेपछि सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो ।

उक्त गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्