एमाले पोलिटब्युरो बैठक बस्दै, निर्णय अनुमोदन गर्ने



काठमाडौं, साउन २ । नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

यसअघि बैठक ११ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला गरी १ बजेबाट सुरू हुने एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए।

आजको बैठकले बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबारे छलफल र अनुमोदन गर्नेछ।

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने, ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतका निर्णय गरेको छ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्