एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै



काठमाडौँ, साउन ३। नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ ।

पार्टी कार्यालय च्यासलमा हिजोदेखि जारी बैठक
आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ-आफ्नो धारणा राखेका थिए ।

विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका थिए । बाकी नेताहरूले आज पनि आ-आफ्नो धारणा राख्नेछन् । 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्