बोलेरोको टायरको टेको हटाउने क्रममा ‘ब्याक’ भएर बालकको मृत्यु



दाङ । देउखुरीमा बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा ‘ब्याक’ भएर गुड्न थालेपछि किचेर एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका-५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

आफ्नै घर अगाडि रोकिराखिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोले किच्दा उनी गम्भीर घाइते भएका थिए ।

को टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए।

तत्काल लमही अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्